‘होण्डा डिओ १२५’ ले बनायो नयाँ कीर्तिमान,बन्यो ५३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कूटर
काठमाण्डौ । नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङलापास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । यो कीर्तिमानी यात्रा नेपाल एट् वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रालिको सहकार्यमा होण्डा डिओ १२५ स्कूटर मार्फत सम्पन्न गरेको हो ।शहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भूपरिधिमा प्रवेश गरेर...