इजरायल–हेज्बुल्लाह युद्धविरामपछि पनि तनाव कायमै, दक्षिणी लेबनानमा हवाई आक्रमण
काठमाण्डौ । युद्धविराम सम्झौता भएको भोलिपल्टै इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ, जसमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। टाइम्स अफ इजरायलका अनुसार शनिबार बिहान दक्षिणी क्षेत्र नाबातिह आसपास इजरायली सेनाले लगातार हवाई तथा तोपखाना आक्रमण गरेको हो।

