नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे हिरासतमुक्त
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत -सीईओ) ज्योतिप्रकाश पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ ।न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले वरिष्ठ अधिवक्तामध्ये कुनै एकजनाको रोहवरमा पाण्डेलाई हाजिरी जमानीमा छाडेर अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

