कामिरिता शेर्पाको ऐतिहासिक कीर्तिमान, ३२औँ पटक सगरमाथा सफल आरोहण
काठमाण्डौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही कामिरिता शेर्पाले फेरि इतिहास रच्दै ३२औँ पटक विश्वको सर्वोच्च शिखर (सगरमाथा) को सफल आरोहण गरेका छन्। आइतबार बिहान १० बजेर १२ मिनेट जाँदा उनले सगरमाथाको चुचुरोमा पाइला टेक्दै आफ्नै नाममा रहेको विश्व कीर्तिमानलाई अझ उचाइमा पुर्याएका हुन्।

