‘भदौको आन्दोलन लोकतान्त्रिक होइन, प्रतिगामी अभियान थियो’ : अध्यक्ष ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारलाई हटाउन भएको आन्दोलनलाई लोकतान्त्रिक नभई योजनाबद्ध प्रतिगामी अभियानको संज्ञा दिएका छन्।मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले भदौ २३–२४ को आन्दोलनले संवैधानिक प्रक्रियालाई कमजोर बनाएको दाबी गरे।

