नागरिक एपबाटै पेन्सन प्रमाणीकरण गर्न सकिने, बैंकमा धाएर लाइन बस्नुपर्ने बाध्यता हट्ने
काठमाडौं । पेन्सनरहरूले अब नागरिक एपमार्फत घरमै बसेर पेन्सन प्रमाणीकरण गर्न सक्ने भएका छन् ।पेन्सन व्यवस्थापन कार्यालयको डिजिटल पेन्सन प्रमाणीकरण सेवा नागरिक एपमा एकीकृत भएसँगै पेन्सनरहरूले बैंकमा धाएर लाइन बस्नुपर्ने बाध्यता हट्ने भएको हो । यो सेवा प्रिक्सा कम्पनीअन्तर्गतको थर्ड फ्याक्टर एआईले विकास गरेको परिचय प्रमाणीकरण प्रविधिमा आधारित छ ।यसअघि पेन्सन...

