चिकित्सकहरूको आन्दोलन जारी, आकस्मिकबाहेकका स्वास्थ्य सेवा आज पनि ठप्प
काठमाण्डौ । नेपाल चिकित्सक संघको आह्वानमा आज पनि देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीमाथि सरकारले प्रभावकारी कारबाही नगरेको भन्दै सङ्घले आन्दोलनलाई निरन्तरता दिएको हो।संघले घटनाको...

