वैशाख २२ गतेदेखि नागढुङ्गा–नौबिसे सडक ४ घण्टाका लागि बन्द हुने
काठमाण्डौ । काठमाण्डौ प्रवेश गर्ने मुख्य मार्गको रुपमा रहेको नागढुङ्गा सडक रातको समयमा बन्द गरिने भएको छ । यो सडक मार्ग वैशाख २२ देखि वैशाख ३१ सम्म राति ११ देखि बिहान ३ बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक योजना कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।