नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच स्वास्थ्य सेवा सम्झौता
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेवाग्राही तथा कर्मचारीलाई लक्षित गर्दै स्वास्थ्य सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता गरेको छ।कम्पनीले ग्राण्डी इन्टरनेशनल हस्पिटलसँग मेडिकल सेवासम्बन्धी सम्झौता सम्पन्न गरेको हो। सम्झौताअनुसार बीमा पोलिसी खरिद गर्न चाहने प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल जाँच छिटो, सरल र सहुलियत दरमा उपलब्ध गराइनेछ।

