नेपाल लाइफको ऐतिहासिक उपलब्धि, प्रथम बीमाशुल्क १३ अर्ब नाघ्यो
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको नयाँ व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । २५ वर्षको गौरवमय यात्रामा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले जीवन बीमा उद्योगमा पहिलो पटक अर्को ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै कायम गरेको ऐतिहासिक उपलब्धिलाई यस वर्ष अझ उचाइमा...

