ह्वाट्स एपमा ठगी धन्दा मौलाएपछि साइबर ब्युरोले दियो ७ बुँदे सुझाव
काठमाण्डौ । हाल नेपालमा ‘ह्वाट्स एप’मा ठगी धन्दा मौलाउँदै गएपछि यसमा सतर्कता अपनाउन साइबर ब्युरोले सबैलाई अनुरोध गरेको छ । ह्वाट्स एप ह्याक गरेर म समस्यामा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस् वा मेरो बैंकिङ एपमा समस्या आएर पैसा पठाउन सकिरहेको छैन, तपाई यस क्युआर कोडमा पैसा पठाइदिनुहोस’ भन्ने प्रकारका मेसेज पठाई ठगी गर्ने घटनाहरु बढिरहेकाले नागरिकले सचेतना अपनाउनुपर्ने...

