नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित
काठमाण्डौ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२ औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष बनेका थिए ।...