नेपाली चियामाथि भारतको वार्षिक ‘ब्ल्याकमेल’
-रविन ठकुरी काठमाण्डौ । भारततर्फ नेपाली चियाको निर्यात करिब दुई महिना रोकिएर जुन ३० देखि पुनः सुरु भएको छ। तत्कालका लागि सीमामा रोकिएका चियाका गाडी अघि बढेका छन्, उद्योग सञ्चालनमा फर्किएका छन् र व्यवसायीले केही राहत महसुस गरेका छन्। तर, यो घटनाले नेपाली चिया उद्योगको वर्षौंदेखिको गम्भीर कमजोरी फेरि सतहमा ल्याइदिएको छ—भारतले बाटो खोलिदिँदा व्यापार चल्ने र रोकिदिँदा...

