ब्रड पिकमा निर्मल पुर्जाको शव फेला
काठमाण्डौ । पाकिस्तानको अल्पाइन क्लबले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को शव ब्रड पिक हिमालमा करिब ५ हजार ७०० मिटर उचाइमा फेला परेको पुष्टि गरेको छ। हिमपहिरोमा बेपत्ता भएको तीन दिनपछि उद्धार टोलीले उनको शव भेट्टाएको हो।एसीपीले आइतबार जारी गरेको विज्ञप्तिमा उद्धार टोली निर्मल पुर्जासम्म पुगेको र सोही क्षेत्रमा थप तीन शव देखिएको उल्लेख गरेको छ। ती...

