फागुनमा हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले समेत भोट हाल्न मिल्ने व्यवस्था गर्दै सरकार
काठमाण्डौ । सरकारले विदेशमा भएका नेपाली नागरिकलाई फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी गराउने तयारी गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज निर्वाचन आयोगमा छलफल गर्दै समानुपातिकतर्फ भएपनि विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउनुपर्ने बताएका हुन् ।