पोखरा महानगरको ७ अर्ब १५ करोडको बजेट, पर्यटकीय शहर निर्माणमा जोड
काठमाण्डौ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ। १९औँ नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्दै पर्यटनमैत्री, व्यवस्थित र समृद्ध पोखरा निर्माणलाई प्राथमिकतामा राखिएको बताइन्।

