कोशी प्रदेशमा ‘पिचफेस्ट’ हुँदै, कोठाबाट सुरु भएको योजना अब मञ्चमा पुर्याउन सकिने
काठमाण्डौ । कोशी प्रदेशमा रहेका नव–उद्यमी र व्यावसायिक सोच बोकेका युवाका लागि ‘पिचफेस्ट १.०’ नामक स्टार्टअप तथा प्रोटोटाइप पिचिङ प्रतियोगिता हुने भएको छ ।नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशले आयोजना गर्न लागेको यो प्रतियोगिताले प्रदेशभित्र उद्यमशीलतालाई थप सहज र प्रेरणादायी बनाउने उद्देश्य लिएको छ ।मञ्चका प्रदेश अध्यक्ष सुशान प्रधानका अनुसार, पिचफेस्ट...