लघुबीमकहरुको व्यवसाय ५५८.६२% ले बढ्यो, सूचीकृत कम्पनीको कस्तो छ प्रदर्शन ?
काठमाण्डौ । लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म साढे एक अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार तीन जीवन लघुबीमक र चार निर्जीवन लघुबीमक गरी कुल ७ लघुबीमा कम्पनीले १ अर्ब ५४ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यो बीमाशुल्क गत आवको सोही अवधिसम्मको तुलनामा ५५८.६२ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म...