संसदमा रास्वपा सांसद कार्कीविरुद्ध यौन प्रकरणको प्रश्न, विवादित आरोपमाथि सभामुखको ध्यानाकर्षण
काठमाण्डौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपापाकी सांसद पार्वती बिकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीविरुद्ध सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादित यौन प्रकरणबारे सदनमै प्रश्न उठाउँदै सभामुखको ध्यानाकर्षण गराएकी छन् । उनले उक्त विषय गम्भीर प्रकृतिको भएकाले संसदभित्रै छलफल हुनुपर्ने आवश्यकता रहेको बताएकी हुन् ।

