राप्रपा महाधिवेशन प्रस्तावपछि वैचारिक दिशा र संगठनात्मक पुनर्संरचनाबारे बहस चर्कियो
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेसँगै पार्टीभित्र संगठनात्मक पुनर्संरचना र वैचारिक दिशाबारे बहस तीव्र बनेको छ। राजधानीमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त मितिमा महाधिवेशन आयोजना गर्ने प्रस्ताव औपचारिक रूपमा अघि सारेका हुन्।

