घूस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा, निश्पक्ष छानबिन गरिदिन माग
काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका राजकुमार गुप्ताले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय घुस लिएको आरोप सार्वजनिक भएपछि गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो पद त्यागेको घोषणा गरेका हुन्।