एक महिनामै भित्रियो रु.१.७७ खर्ब रेमिट्यान्स
काठमाण्डौ । चालु आवको पहिलो महिनामै विप्रेषण आप्रवाह (रेमिट्यान्स) २९.९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको सोही अवधिसम्म भने रेमिट्यान्स १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ भित्रिएको थियो । साउन महिनामा वैदेशिक रोजगारीका लागि...