राजस्व संकलनमा सुधार, पुससम्म ५ खर्ब ७८ अर्ब बढी जम्मा
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म देशको कुल राजस्व सङ्कलन ५ खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। यो रकम पुससम्मका लागि तय गरिएको लक्ष्यको ८१.४० प्रतिशत हो।राजस्व व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ। यसमध्ये पुस महिनासम्मका लागि ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तोकिएको...

