सिंहदरबारमा पार्किङको दृश्य फेरियो, जथाभाबी पार्किङमा ह्विल लक
काठमाण्डौ। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ सुरु गरेको छ।सिंहदरबारभित्रै फुटपाथदेखि सडकसम्म जथाभाबी सवारी पार्किङ हुने गरेको विषयमा समाचार र आलोचना सार्वजनिक भएपछि ट्राफिक प्रहरी सक्रिय बनेको हो। मंगलबार दिउँसो सिंहदरबार परिसरमा ट्राफिक नियमको बेवास्ता गर्दै अव्यवस्थित रूपमा राखिएका...

