सिद्धार्थ बैंकले ल्यायो ‘गोल्ड लोन’, सुन धितोमा ५० लाखसम्म कर्जा
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्कालीन वित्तीय आवश्यकता सहज रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ योजना सञ्चालनमा ल्याएको छ।यस योजनाअन्तर्गत ग्राहकले आफूसँग रहेको सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट आवश्यक कर्जा लिन सक्नेछन्। बैंकका अनुसार ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।

