सुधन गुरुङको शपथ समय परिवर्तन, साढे ४ बजेका लागि सारियो
काठमाण्डौं । नयाँ सरकारको मन्त्रिपरिषद् विस्तारसँगै चर्चामा रहेका गृहमन्त्रीका रूपमा सिफारिस भएका सुधन गुरुङको शपथ कार्यक्रमको समय परिवर्तन गरिएको छ। यसअघि दिउँसो ३ बजेका लागि तय गरिएको शपथ अब साढे ४ बजेका लागि सारिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

