सम्पत्ति छानबिन आयोगले भन्यो : पूर्वराजा र उच्च पदस्थ पदाधिकारीहरू अनुसन्धान दायराबाहिर
काठमाण्डौं । सम्पत्ति छानबिन आयोगले आफ्नो कार्यादेश स्पष्ट पार्दै पूर्वराजा, राजपरिवारका सदस्यहरू, तथा पूर्व र बहालवाला राष्ट्रपति एवं उपराष्ट्रपतिको सम्पत्ति छानबिन नगर्ने जनाएको छ। आयोगले आफ्नो अधिकार क्षेत्र सार्वजनिक पदमा रहेर कार्य गरेका निश्चित पदाधिकारीहरूमा सीमित रहेको भन्दै ती उच्च पदस्थ व्यक्तिहरू छानबिनको दायरामा नपर्ने स्पष्ट पारेको हो।

