प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीको स्पष्टीकरण : नेपाल–भारत सीमा विवाद द्विपक्षीय वार्ताबाटै समाधान हुन्छ
काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्टिकरण दिँदै नेपाल–भारत सीमा विवाद द्विपक्षीय संवादमार्फत समाधान गर्ने सरकारको नीति दोहोर्याएका छन्।उनले हालै सम्पन्न भारत भ्रमणबारे जानकारी दिँदै नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन व्यापार, ऊर्जा, कनेक्टिभिटी, जलस्रोत, सुरक्षा र सीमा व्यवस्थापनका...

