शरद ओझामाथि अन्याय: अदालतको आदेश कार्यान्वयनमा अर्थको अटेर, हाजिर नहुन/नगराउन पठाइयो उर्दी
काठमाण्डौ । अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सर्वोच्च अदालतको अवहेलना गरेको छ । सर्वोच्च अदालतको आदेशको विषयमा जानकार हुँदाहुँदै विभिन्न स्वार्थकेन्द्रहरुको दवाबमा मन्त्रालयको सो महाशाखाले बीमा प्राधिकरणको अध्यक्षको रुपमा शरद ओझालाई काम गर्न रोक लगाउन भन्दै पत्र लेखेको देखिएको हो ।