एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ् राई पुनः नियुक्त
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुदेश खालिङ् राई पुनः नियुक्त भएका छन् । भदौ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको सीईओमा रुपमा राईलाई निरन्तरता दिने निर्णय गरेको हो ।