सुकेटार विमानस्थलमा करिब चार महिनापछि पुनः हवाई सेवा सुरु
काठमाण्डौ । सुकेटार विमानस्थलमा करिब चार महिनापछि पुनः हवाई सेवा सुरु भएको छ । नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मंसिरको अन्तिम सातादेखि सुकेटार विमानस्थलमा नियमित उडान हुन सकेको थिएन । शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आइतबारका लागि सारिएको थियो ।