९ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किए सुनिता विलियम्स र बुच विल्मोर
काठमाण्डौ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन् । नेपाली समय अनुसार आज बिहान ३ः१२ मा चार अन्तरिक्ष यात्री बोकेको स्पेसएक्स क्याप्सुल फ्लोरिडाको तट नजिकै समुन्द्रमा अवतरण गरेको थियो । दुवैजना अन्तरिक्षयानबाट बाहिर निस्कँदा उनीहरुको अनुहारमा मुस्कान थियो । उनीहरुलाई पृथ्वीमा पुग्न १७ घण्टा लागेको थियो ।...