टिकटक स्टार तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा
काठमाण्डौं । सामाजिक सञ्जाल टिकटकमार्फत परिचित बनेकी तुलसा अधिकारीलाई ललितपुर जिल्ला अदालतले अनुसन्धान अवधिभर पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार उक्त निर्णय सुनाएको हो।

