उपत्यकामा २४ घण्टामा १,५९२ सवारीसाधन कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन
काठमाण्डौ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सडक नियम उल्लंघन गर्ने १ हजार ५९२ सवारीसाधनमाथि कारबाही गरेको छ।उक्त कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

