महालेखा परीक्षकमा तोयम रायाको नाम सिफारिस
काठमाण्डौ । लामो समयदेखि रिक्त रहेको महालेखा परीक्षकका लागि तोयम रायाको नाम सिफारिस भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषदको बैठकले रायालाई ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको हो ।