विद्युत् उत्पादन लक्ष्यमा निजी क्षेत्रको साथ खोज्दै सरकार
काठमाण्डौँ । सरकारले आगामी दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको भएपनि त्यसको कार्यान्वयनका लागि विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुलाउनु अपरिहार्य रहेको ऊर्जा क्षेत्रका सरोकारवालाले बताएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूका अनुसार स्पष्ट नीति, प्रसारण पूर्वाधार र लगानीमैत्री वातावरणबिना सरकारले तय गरेको...

