गुगललाई ईयूको सर्वोच्च अदालत द्वारा ४.१ अर्ब युरो जरिवाना कायम
काठमाण्डौ। युरोपेली संघ (ईयू) को सर्वोच्च अदालतले एन्ड्रोइड अपरेटिङ सिस्टममार्फत प्रतिस्पर्धा विरोधी व्यवहार गरेको ठहर गर्दै गुगलमाथि लगाइएको ४ अर्ब १० करोड युरो (४.१ बिलियन युरो) जरिवाना अन्तिम रूपमा कायम राखेको छ। अदालतले गुगल र यसको मातृ कम्पनी अल्फाबेटले दायर गरेको अन्तिम पुनरावेदनसमेत खारेज गर्दै युरोपेली आयोगको निर्णयलाई सदर गरेको हो। यो फैसला विश्वका ठूला प्रविधि...

