सिन्धुलीमा एसबीआई बैंकबाट ३ करोड बढी नगद लुटिएको खुलासा, घटनास्थल प्रहरी कार्यालयदेखि २५० मिटरको दूरीमा
काठमाण्डौ । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखामा भएको डकैती घटनाले बैंकिङ क्षेत्रमा ठूलो हलचल मच्चाएको छ। बैंकका आन्तरिक स्रोतहरूबाट प्राप्त जानकारीअनुसार, लुटेराहरूले कुल ३ करोड ७ लाख रुपैयाँ लुटेर लगेका थिए, जसमा नगदका साथै अन्य मूल्यवान वस्तुहरू पनि समावेश हुन सक्ने अनुमान गरिएको छ। यो आँकडा प्रहरीको प्रारम्भिक सूचनासँग मेल खाए...

