अर्थमन्त्री वाग्ले र ट्रम्पका विशेष दूतबीच भेटवार्ता, आर्थिक साझेदारीको विषयमा छलफल
काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
TRENDING
काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
काठमाण्डौ । हाल विभिन्न अनुसन्धान र कारबाहीका कारण निजी क्षेत्रका केही व्यवसायीहरू आतङ्कित भइरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्ले ले स्पष्ट सन्देश दिएका छन्: उद्योग तथा व्यवसायको नाममा आपराधिक गतिविधि गर्ने कसैलाई पनि छुट दिइने छैन।
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियासम्बन्धी विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूतसमेत रहेका सर्जियो गोर आज तीन दिने औपचारिक भ्रमणका लागि काठमाण्डौ आइपुग्दै छन्।उनको नेपाल भ्रमण, हालै मात्र दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुरको तीनदिने भ्रमण सम्पन्न भएको करिब ११ दिनपछि हुन लागेको हो।
काठमाण्डौ । आर्थिक क्षेत्रमै ठूलो प्रभाव पार्ने गरी सरकारले राष्ट्रबैंकका गभर्नरदेखि नेपाल स्टक एक्सचेञ्ज -नेप्सेंका सीईओ लगायत पूर्ववर्ती सरकारहरुले गरेका एकहजारभन्दा बढी राजनीतिक नियुक्ति एकैपटक खारेज गर्ने अध्यादेश राष्ट्रपतिको कार्यालय पठाएको छ।
काठमाण्डौं, चक्रपथ विस्तारको दोस्रो चरण अघि बढाउने सम्बन्धमा नेपाल र चीनबीच सहयोग सम्झौता सम्पन्न भएको छ। बुधबार आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
काठमाण्डौं, प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले संसद अधिवेशन स्थगित गराएपछि लगातार अध्यादेश जारी गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। दुई दिनको अवधिमा सरकारले पाँचवटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो।करिब दुई–तिहाइ बहुमतको सरकार हुँदाहुँदै संसदीय प्रक्रिया छल्दै अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै विपक्षी दल र संविधानविद्हरूले यसलाई ‘संसदमाथि...
काठमाण्डौ, नेपाल सरकारले निजामती कर्मचारीलाई महिनामा दुई पटक तलब दिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। नयाँ प्रणालीअन्तर्गत कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउनेछन्।यसको सुरुवात वैशाख १६ गतेदेखि अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयबाट गरिएको छ। पहिलो चरणमा यी दुई निकायका कर्मचारीले पाक्षिक रूपमा तलब पाउन थालेका छन्।
काठमाण्डौ, नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ। उनको स्थानमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमलादेवी पन्तलाई मनोनीत गरेका छन्।
काठमाण्डौ । सरकारले बीमा व्यवसायको नियमनमा व्यापक सुधार गर्नुपर्ने आवश्यक रहेको जनाएको छ । अर्थमन्त्रालयले आज देशको आर्थिक अवस्थाबारेको श्वेतपत्र सार्वजनिक गर्दै नेपाल बीमा प्राधिकरणको अवस्थामा सुधार गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।
काठमाण्डौ अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको समग्र तस्बिरको चित्रण गर्दै श्रेवतपत्र जारी गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा जारी गरिएको देशको वर्तमान आर्थिक स्थितीपत्रमा आव २०८२÷८३ मा नेपालको आर्थिक वृद्धिदर ३.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ ।पत्रमा छिमेकी देशहरुको तुलनामा आर्थिक वृद्धिदर निकै कम रहेको उल्लेख छ । पछिल्लो दशकमा नेपालको वार्षिक...
काठमाण्डौ । सरकारले पूँजी बजारको दायरा फराकिलो बनाउँदै दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक रहेको जनाएको छ । अर्थमन्त्रालयले आज श्वेतपत्र सार्वजनिक गर्दै पूँजीबजारको दायरा फराकिलो बनाउनुपर्ने आवश्यक रहेको उल्लेख गरेको छ ।
काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले उद्योगी तथा हिमालयन रि इन्स्योरेन्सका तत्कालिन अध्यक्ष शेखर गोल्छालाईप्रारम्भिक अनुसन्धानका लागि प्रहरीलाई चार दिनको हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ।उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न प्रावधानअनुसार अनुसन्धानको दायरामा राखिएको छ।
काठमाण्डौ । नयाँ सरकार गठनपछि मुलुकमा स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षाबीच उद्यमी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकप्रति निजी क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेको छ। देशको अर्थतन्त्रमा करिब ८१ प्रतिशत तथा रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याउँदै आएको निजी क्षेत्रमाथि यस्ता गतिविधि बढ्नुले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने चेतावनी...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दासम्बन्धी आरोपपत्र संशोधन निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आज स्थगित भएको छ। सहकारी ठगीसँगै सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत समावेश गरी आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट सर्वोच्च अदालतको...
काठमाण्डौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विकास साझेदारी, प्रशासनिक पुनरावलोकन र डिजिटल शासन सुधारलाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।बैठकले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि एशियाली विकास बैंक(एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता...
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र (बालेन)शाह नेतृत्वको सरकार बनेको २६ दिनमै २ मन्त्री पदबाट हटाइएका छन् । गृहमन्त्री सुधन गुरुङ र यसअघि श्रममन्त्री रहेका दीपककुमार साहको पद एक महिना नबित्दै गएको हो । उनीहरुको कार्यशैली र व्यक्तिगत अपारदर्शी शैलीका कारण पदबाट हटाइएको हो ।
काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । आज प्रधानमन्त्री बोलन साहसँग भेट गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका गुरुङले उक्त भेटपश्चात राजीनामा दिएका हुन् । उनले् आफ्नो अधिकारिक फेसबुकमार्फत यसबारे जानकारी दिएका छन् । उनले पछिल्ला दिनहरूमा नागरिक स्तरबाट उनको सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको...
काठमाण्डौ । बजारमा देखिएको एलपी ग्यास अभाव व्यवस्थापन गर्न सरकारले अघि सारेको ‘आधा सिलिन्डर’ नीति निजी क्षेत्रले अस्वीकार गरेको छ । ग्यास व्यवसायीहरूले अब उपभोक्तालाई पुनः पुरै तौल (१४.२ किलो) कै सिलिन्डर उपलब्ध गराउने निर्णय गरेका छन् ।ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर...
काठमाण्डौ । स्वीकृत आयोजना कार्यान्वयनमा देखिएको चरम ढिलासुस्तीप्रति आक्रोश व्यक्त गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानी बोर्डमाथि नै कारबाहीको चेतावनी दिएका छन्।मङ्गलबार अर्थ मन्त्रालयमा बसेको लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठकमा अर्थमन्त्री वाग्ले बैठकमै ‘पड्किँदै’ तुरुन्त नतिजा दिन नसके बोर्डमाथि एक्सन लिने स्पष्ट संकेत गरेका हुन्।
काठमाण्डौ । नेकपा (एमाले) ले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीसँग सम्बन्धित विषयहरुमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेको हो । सम्पत्ति विवरणमा सेयर कारोबार लुकाइएको आरोप र विवादास्पद व्यापारीसँगको नजिक सम्बन्धका कारण गृहमन्त्री गुरुङ विवादमा तानिएका छन् ।गृहमन्त्रीसँग सम्बन्धित...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.