युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिदका लागि योग्य ठहरिनेछन् ।कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।

