आज पृथ्वीको इतिहासकै सबैभन्दा छोटो दिन हुने, यस्तो छ कारण
काठमाण्डौ । बुधबार अर्थात जुलाई ९ पृथ्वीको इतिहासमा सबैभन्दा छोटो दिन हुन सक्ने भएको छ । पृथ्वीको आफ्नो अक्षमा घुम्ने गति पहिलेभन्दा बढी भएको कारण यो अनौठो घटना देखिने वैज्ञानिकहरूले बताएका छन् । बुधवार बाहेक, वैज्ञानिकहरूले जुलाई २२ र अगस्त ५ का दिनहरू पनि सामान्य भन्दा १.३–१.५१ मिलिसेकेन्ड छोटो हुने भविष्यवाणी गरेका छन्। यी दिनहरूमा चन्द्रमा पृथ्वीको भूमध्य रेखाबाट...

