लाभांश पारित गर्न नेको इन्सुरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले ३० औं साधारण सभा आगामी फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा बिहान ११ बजे काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा आयोजना हुनेछ । सभामा आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर र १२.७८९४ प्रतिशत...

