ओलीले टिकट नदिएपछि विष्णु रिजालः “मतले रोजे पनि नेतृत्वले पन्छायो, पार्टीभित्र लोकतन्त्र हराउँदै गएको छ”
काठमाण्डौ । दैलेख–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) को टिकट नपाएपछि युवा नेता विष्णु रिजालले सार्वजनिक रुपमै कडा असन्तुष्टि पोखेका छन्। फेसबुकमार्फत उनले पार्टी नेतृत्वमाथि तीखो प्रहार गर्दै आफ्नै लोकप्रियता र योगदान बेवास्ता गरिएको आरोप लगाएका छन्।

