सिटिजन्स बैंकले ३६% ले बढायो नाफा, अरु सूचकको अवस्था कस्तो ?
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले खूद नाफा बढाएको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ३० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ९६ करोडमा सीमित थियो । यसरी हेर्दा बैंकको नाफा गत वर्षको समान अवधिको तुलनामा करिब ३६ प्रतिशतले बढेको देखिएको छ ।

