चार्ल्सको भ्रमणपछि अमेरिकाले हटायो बेलायती ह्विस्कीमाथिको ट्यारिफ, डिस्टिलरी क्षेत्रलाई राहत पुग्ने अपेक्षा
काठमाण्डौ । डोनाल्ड ट्रम्पले बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलाको हालै सम्पन्न राजकीय भ्रमणको सम्मानमा अमेरिकी बजारमा ह्विस्की आयातमा लाग्दै आएका सबै ट्यारिफ र प्रतिबन्ध हटाउने घोषणा गरेका छन्।अमेरिकी राष्ट्रपतिले स्कटल्याण्ड र केन्टकी राज्यबीच ह्विस्की तथा बोरबन उद्योगमा सहकार्य गर्न लगाइएका अवरोधहरू पनि हटाइएको बताएका छन्। बेलायती सरकारले यो निर्णय...

