यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.८४ रुपैयाँ र बिक्रीदर १४७.४४ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १७५.४५ रुपैयाँ र बिक्रीदर १७६.१७ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर २०२.५४ रुपैयाँ र बिक्रीदर २०३.३६ रुपैयाँ निर्धारण भएको छ ।

