गोरखापत्र संस्थानमा ९१ जनाका लागि रोजगारी अवसर, नवौं तहदेखि दोस्रो तहसम्म आवेदन खुला
काठमाण्डौ । राज्य स्वामित्वको सञ्चार संस्थान गोरखापत्र संस्थानले विभिन्न तहका ९१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। संस्थानले शुक्रबार सूचना प्रकाशित गर्दै नवौं तहदेखि दोस्रो तहसम्मका प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय पदमा जनशक्ति माग गरेको हो।सूचनाअनुसार संस्थानले एक जना नायब कार्यकारी सम्पादकसहित नेपाली तथा अंग्रेजी समूहमा १६ जना समाचारदाता,...

