हिमालयन डिस्टिलरीले आर्जन गर्यो ८५.१३ करोड नाफा, ईपीएस बढ्यो
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको नाफा १५.१६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ८५ करोड १३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७३ करोड ९२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।यस्तै कम्पनीको खुद बिक्री आम्दानी ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.९९ प्रतिशतले बढी हो ।...

