माथिल्लो मैलुङ खोला जलविद्युतको नाफामा ३४५ प्रतिशतको उछाल
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीका लिमिटेडको नाफामा उछाल आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ८ करोड ४६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ९० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

