नेपाल बैंकद्वारा २.७९ अर्ब खुद नाफा आर्जन, खुद ब्याज आम्दानी र ईपीएस कति ?
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको नाफामा झिनो सुधार आएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त अवधिमा २ अर्ब ७९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको जनाएको छ । यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको २ अर्ब ७८ करोडको तुलनामा ०.३४ प्रतिशतले मात्रै बढी हो ।

